विकास निर्माणको काम युद्धस्तरमा बढाउन प्रधानमन्त्रीको निर्देशन

Pm kp oli smiling

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विकास निमार्णको कामलाई युद्धस्तरमा अघि बढाउन सबै मन्त्रालयलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री ओलीले सिंहदरबारमा मन्त्री तथा सचिवहरुसँग भएको छलफलमा कामलाई युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका हुन्। छलफलमा उनले समय सीमा तोकेर देश र जनताको हितमा कामलाई युद्धस्तरमा अघि बढाउन ढिलाई गर्न नहुने बताए।

शनिबार पनि १३ वटा विषयगत मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन्। यस अघि प्रधानमन्त्री ओलीले १२ वटा विषयगत मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे मन्त्रीहरुसँग सामूहिक छलफल गरेका थिए।

आज १३ वटा मन्त्रालयसँग छलफल जारी रहेको र कामलाई युद्धस्तरमा अघि बढाउने गरी अघि बढन प्रधानमन्त्रीले निर्देशन दिएका सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढंगले संचालन गर्न मन्त्रीहरुलाई कार्यान्वयन कार्ययोजना तय गर्न निर्देशन दिएका थिए। सोही निर्देशन अनुसार मन्त्रीहरुले पेश गरेको कार्ययोजनामाथि शनिबार पनि छलफल जारी छ।

कार्ययोजनामा बजेट र त्यसको कार्यान्वयन गर्ने मितिसहितको योजना पनि समेटिएको सरकारका प्रवक्ता बास्कोटाले बताए। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यही श्रावण १ गतेदेखि कार्यान्वयनमा लैजानेछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...