केयर फाउण्डेसनले बनायो एडु विभाग

Keyar edu

काठमाडौं । मुस्लिम समुदायका विद्यार्थीको हक र हितका लागि केयर फाउण्डेशनले ‘केयर एडु’ को घोषणा गरेको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा केयर फाउण्डेशनले केयर एडु विभाग गठन गरेको हो ।

मुस्लिम समुदायका विद्यार्थीको शैक्षिक अवस्थामा सुधार ल्याउन र उनीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले सो फाउण्डेसनले केयर एडु गठन गरेको हो । जसको अध्यक्षमा रजिया बानु चयन भएका छन् ।

११ सदस्य केन्द्रीय कार्यसमिति उपाध्यक्षमा अब्दुल्लाह अन्सारी र साब्रिना खातुन, सचिवमा मोहम्मद नईम अन्सारी, सहसचिवमा महताब आलम र प्रवक्तामा शमशाद आदिल चयन भएका छन् ।

मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको प्रमुख आथिथ्यतामा भएको सो कार्यक्रममा घोषणा गरिएको केन्द्रिय समितिमा नरगिस अन्सारी, अफजल खान, मोहम्मद नसीर राइन, आसिम खान र अजहर हुसैन फारूकी सदस्य चयन भएका छन् ।

केयर फाउन्डेशनका अध्यक्षता मोबिन खानको अध्यक्षतमा भएको सो कार्यक्रममा साबिर अलि अन्सारी र फिरोज आलमलाई सल्लाहकार बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...