रोकिएन टिप्पर आतंक, सोल्टीमोडमै युवतीको मृत्यु
काठमाडौं । सरकारको निर्देशनमा ट्राफिक प्रहरीले बिहिबारदेखि राती ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिप्पर चलाउन दिने निर्णय गरेको दुई दिनपछि दिउँसै काठमाडौंमा टिप्परको ठक्करबाट युवतीको मृत्यु भएको छ ।
लापरवाही ढंगले चलाइने टिप्परको ठक्करबाट राजधानीमा दुर्घटना बढेपछि बिहिबारदेखि बेलुका ८ बजेअघि टिप्पर चलाउन रोक लगाउने निर्णय भएको थियो । तर, निर्णय कार्यान्वायन हुन नपाउँदै शनिबार काठमाडौंको कालीमाटीमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भएको हो ।
ना ७ च ९४७५ नम्बरको टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार युवती अनुजा घिमिरेको मृत्यु भएको छ । चापागाउँबाट नौबिसेतर्फ जाँदै गरेको टिप्परले सोही दिाशातर्फ जाँदै गरेको बा ९६ प ४८११ नम्बरको मोटरसाइकललाई सोल्टीमोडमा ठक्कर दिएको थियो ।
टिप्परको ठक्करबाट भएको दुर्घटनामा परी चितवनको भरतपुर–१३ घर भएकी १८ वर्षीय घिमिरेको मृत्यु भएको छ । मोटरसाइकलका चालक अनुज घिमिरे सामान्य घाइते छन् । मृतक उनको बहिनी हुन् ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार टिप्पर चालक राजकुमार तामाङलाई पक्राउ गरेको छ ।
टिप्पर तथा पानी ट्याङकरहरु राजधानीको सडकमा आतंक नै बनेको छ। भने हुन सकेको छैन । अनुभव नभएका चालक र कमजोर सजायका कारण टिप्परका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीहरु बताउँछन् ।
टिप्परका कारण हुने दुर्घटना रोक्न ट्राफिक प्रहरीले उपत्यकामा बेलुका मात्र टिप्पर चलाउन दिने निर्णय कार्यान्वायन हुन नसक्दा दुर्घटना रोकिएका छैन ।
प्रतिकृया दिनुहोस