११ केजी सालकको खपेटासहित १ जना पक्राउ

Salak ko kapeta

पाँचथर । प्रतिबन्धित सालकको खपेटा सहित १ जनालाई पाँचथर प्रहरी पक्राउ गरेको छ ।

सवारी चेकजाँचको क्रममा ११ केजी सालकको खपेटा (अखेटोपहार ) सहित हिलिहाङ गाउपालिका-३ बस्ने ५३ बर्षिय फुपुठिले शेर्पालाई पक्राउ गरेको पाँचथरका प्रहरी सहायक निरीक्षक अनिल कुमार पौडेलले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय अमरपुर पाँचथरबाट खटिएको प्रहरी टोलीले हिलिहाङ गाउपालिका २ स्थित मेची राजमार्गमा शुक्रबार राति सवारी चेकजाँच गर्दा मे१ ज१४३९ नं को बोलेरो गाडीमा ओखेटोपहार फेला पारेको हो ।

११ केजी सालकको खपेटा, १ थान मोबाईल फोन, चाँदीका केही गरगहना र नगद १२ हजार रुपैयाँ सहित शेर्पालाई पक्राउ गरीएको प्रहरीको भनाइ छ ।

शेर्पालाई शुक्रवारनै आवश्यक कार्बाहीका लागी जिल्ला वन कार्यालय पाँचथरमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...