पहिरोले ५ परिवार विस्थापित
काठमाडौं । नलगाड नगरपालिका-८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ ।
शबिार बिहान आएको पहिरोले धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् । हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत ५ जनाको घरपरिवार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन् । त्यस्तै पहिरोले मकैलगायतको जग्गा पुर्दा मकैबालीसमेत नष्ट भएको छ ।
कायखेत-जिकुवा सडकबाट आएको पहिरोले स्थानीयवासीको उठीबास लागेको हो । मापदण्डविपरीत डोजरद्वारा निर्माण गरिएको यो सकडबाट दर्जनौँ अन्य घरसमेत जोखिममा परेका छन् ।
सडक निर्माण गर्दादेखि नै यातायातका साधन सञ्चालन गर्न समस्या परेको यो सडकबाट अहिले दर्जनभन्दा बढी घर जोखिममा पर्नुका साथै सयौँ रोपनी जग्गामा लगाएको अन्नबालीसमेत नष्ट भएको छ ।
प्रतिकृया दिनुहोस