२१ दिनदेखि बेपत्ता पैडेलको शव भेटियो

Deathn baduy

पोखरा । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको छ ।

असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शव शनिबार बिहान भीमाद–६, सेती नदी किनारमा फेला परेको हो ।

२१ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ । भीमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र क्षेत्रीका अनुसार ‘आफन्त तथा परिवारले शवको पहिचान गरेका हो ।’

शव भेटिएको जानकारी पाउनेबित्तिकै परिवारका सदस्य तथा आफन्त भीमाद पुगेका थिए । शव देखेपछि निधारको चोट, हात, खुट्टा र हुलियाअनुसार परिवारले पहिचान गरेको सई क्षेत्रीले जानकारी दिए ।

असार ९ गते बिहानै घरबाट हिँडेका पौडेलले महेन्द्रपुलस्थित सेती नदीमा हाम फालेको निश्कर्ष प्रहरीले दिएको छ । प्रहरीका खनुसार पत्रकार सम्मेलन गरेर पौडेल सेतीबाट हाम फालेको र थप कारणबारे अनुसन्धान भइरहेको बताएको छ ।

पौडेलले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...