सचेत रहनुस्, मनसुन सक्रिय हुँदा अझैं ३ दिन उस्तै वर्षा हुने
काठमाडौं । बिहीबार रातीदेखि शुक्रबार बिहासम्म परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भयो । भक्तपुर डुबानमा पर्याे । ललितपुरका केही भाग पनि डुबानमा परे ।
अझैं मनसुन वर्षाको प्रभाव देशभरि नै छ । मनसुन सक्रिय बनिरहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार दिउँसो देशभरि नै बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भयो । केही स्थानमा भारी वर्षाको पनि भयो । शनिबार पनि दिउँसोको समयमा देशभर बदली रही देशको मध्य र पश्चिमी भेगका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । रातको समयमा पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने देखिन्छ ।
शनिबार राती देशभरि नै बदलि रहि केहि स्थानहरुमा हल्कादेखि मध्यम खालको बर्षा हुने र राति पश्चिमि भेगका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आइतबार दिउँसोको समयमा देशभरि नै बदली रही देशको पश्चिमि भूभाग, मध्य र पूर्वी पहाडि भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ । मध्य र पूर्वी तराईका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।
सोमवार पनि देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भूभाग र पूर्वी पहाडि भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।
पूर्वी तराईका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरि राति पनि देशभरि सामान्य बदलि रहि केहि स्थानहरुमा हल्कादेखि मध्यम खालको बर्षा हुने देखिन्छ।
प्रतिकृया दिनुहोस