पूर्वराज्यमन्त्री आलमको निधन
काठमाडौं । पूर्व राज्यमन्त्री मुस्ताक आलमको मृत्यु भएको छ । उनलाई बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो ।
बाँसवारीमा रहेको गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा शुक्रबार साँझ ६ बजे निधन भएको हो ।
उनी २०७० सालको संविधानसभा निर्वाचनमा रौतहटबाट निर्वाचित भई स्वास्थ्य राज्यमन्त्री बनेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शोक वक्तव्य जारी गर्दै आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनुपरेको बताएका छन् ।
अन्तिम श्रद्धान्जलीका लागि आलमको पार्थिव शरिरलाई शनिबार बिहान बिहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने छ।
यसअघि प्रधानमन्त्री ओलीले शुक्रबारै गंगालाल अस्पतालमा पुगी आलमको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।
२०२० साल भदौं २५ मा रौतहटको राजपुर नगरपालिका वडा नं. ४ मा जन्मिएका आलमका एक श्रीमति, दुई छोरी र एक छोरा छन् ।
प्रतिकृया दिनुहोस