राउतले पाए भारतमा राष्ट्रिय प्रतिभा पुरस्कार
काठमाडौं । भारतको एक प्रतिष्ठित संस्थाले नेपाली युवालाई सम्मान गरेको छ ।
सप्तरीका प्रकाशमणी राउतलाई भारतको दी ग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले मंगलबार राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको हो ।
सप्तरीको महदेवा गाउँपालिका वडा नं २, महदेवाको जन्मिएका २४ वर्षीय राउतलाई मानवअधिकारको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै २४ वर्षीय राउतलाई मानवअधिकारवादी भनेर पुरस्कार दिइएको राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।
उनलाई भारतको केन्द्र सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्याय वर्खा शुक्ला सिंह लगायतले सम्मान गरेका थिए ।
यसअघि उनलाई गत पुस ९ मा नेशनल एन्टी क्राइम एण्ड ह्युमन राईट्स काउन्सिल अफ इण्डियाले मानअधिकार सम्बन्धी पु¥याएको योगदानको कदर गर्दै भारतको गुजरातमा पनि सम्मान गरिएको थियो ।
उनलाई त्यतिबेला २ हजार रुपैयाँ सुनको जलप लगाइएको सिक्का, चाँदीको प्लेट दिएको भारतको गुजरातमा दिइएको थियो । त्यति मात्रै होइन, उनी नेपालका दर्जनौं संघ संस्थाहरुबाट पनि सम्मानित भइसकेका छन् ।
सामाजिक तथा मानवअधिकार क्षेत्रमा आधा दशकदेखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् । उनी लामो समयदेखि पिछडा वर्गको उत्थानका लागि लामो समयदेखि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस