जोनसोन कम्पनीलाई ५ खर्ब क्षतिपूति तिर्नु पर्ने

Jonson

काठमाडौं । जोनसोन बेबी पाउडरले क्यान्सर गराएको दाबी गर्दै कम्पनीले ५ खर्ब क्षतिपूर्ति तिर्नु पर्ने भएको छ ।

अमेरिकाको मिसूरीस्थित सेन्ट लुइस अदालतको जुरीले ठूलो फर्मासुटिकल जोनसोन एन्ड जोनसोन कम्पनीमाथि क्षतिपूर्तिको आदेश दिएको हो ।

जोनसोनको बेबी पाउडरका विरुद्ध ९ हजारवटा मुद्दा दर्ता गरिएका छन् । ६ हप्ता चलेको पुर्पक्षमा महिला र उनीहरूको परिवारले बेबी पाउडर तथा अन्य टाल्क उत्पादनहरू दशकौंसम्म प्रयोग गर्दा गर्भाशयको क्यान्सर भएको दाबी गरेका थिए ।

गर्भाशयको क्यान्सर भएको २२ महिलाको दाबीलाई सही ठहर गर्दै अदालतले कम्पनी विपक्षामा वकालत गरेको थियो । जोनसोन एन्ड जोनसोनले आफ्ना उत्पादनमा आस्बेस्टोस नभएको र त्यसबाट क्यान्सर नहुने भनी अडान लिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...