ठगीको आरोपमा ओडीसीका सञ्चालक पक्राउ

Ocd

काठमाडौँ । ओडीसी ईन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाखाले पक्राउ गरेको छ ।

भारतीय नायक सलमान खानको उपस्थितिमा कन्सर्ट गर्ने भन्दै टिकट बिक्री गरेर कार्यक्रम नगरेको आरोप उनलाई लागेको छ ।

महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार सिमान्तले ठगेको भन्दै २ जनाले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको हो । सिमान्तले कति टिकट बेचेका थिए र त्यसबाट कति रुपैयाँ ठगी भएको थियो भन्ने खुलेको छैन ।

३ वर्षअघि पनि ओडीसी ईन्टरटेनमेन्टले डिप पर्पल नामक कन्सर्ट गर्ने भन्दै टिकट बेचेर कार्यक्रम नगरेको अपराध महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...