वातावरणीय अनुकूलन गाउँ कार्यक्रम सञ्चालन

Thopa sinchai

पोखरा, । कार्यक्रमअन्तर्गत सुधारिएको भकारो, थोपा सिँचाइ, पानीको मुहान संरक्षण, घैँटो निर्माण, सुधारिएको चुलो, प्लास्टिक पोखरी, टनेल, बलेनीको पानी सङ्कलन र नर्सरी ब्याड निर्माण गर्ने योजना रहेको छ ।  कास्की जिल्लाको पुर्वी भेगस्थित रुपा गाउँपालिकाको वडा नं २ मा ‘वातावरणीय अनुकुलन गाउँ कार्यक्रम सञ्चालन भएको छ ।

कृषि मन्त्रालय वातावरणीय विभागको रु ५० लाख अनुदान र २० प्रतिशत स्थानीय जनसहभागितासहित कुल रु ६० लाखको लागतमा सो कार्यक्रम सुरु गरिएको गाउँपालिका प्रमुख नवराज ओझाले बताए ।

उनका अनुसार असार मसान्तसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने लक्ष्यका साथ सञ्चालन भएको सो कार्यक्रमले स्थानीय कृषकको स्वास्थ्यका साथै आयआर्जनमा समेत अनुकरणीय सुधार आउने अपेक्षा गरिएको छ ।

सो वडाका सिकुर्तान, पेलुङ्गा, माझकोट र थुम्कीमा १६६ वटा भकारो सुधार, ६१ वटा सुधारिएको चुलो, ५७ वटा टनेल, ४१ थोपा सिँचाइ, प्लास्टिक पोखरी तीन, बलेनीको पानी सङ्कलन ५७, एक नर्सरी ब्याडलगायत अन्य विभिन्न योजना निर्माण गरिने जागृति कृषि तथा पशुपालन कृषक समूहका सचिव तिलबहादुर थापाले जानकारी दिए ।

सुधारिएको भकारो निर्माणले गोबर फाल्न सहज हुनुका साथै गाईभैँसीको मूत्र सङ्कलन गरी मौसमी एवम् बेमौसमी अर्गानिक तरकारी उत्पादनमा सहयोग पुग्ने चर्चा गर्दै उहाँ भन्नुहुन्छ कार्यक्रमले यस वडालाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्नेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...