सुडान काण्डका दोषी दुई पूर्वआईजीपीले गरे आत्मसमर्पण

Sudan

काठमाडौं– सुडान घोटालाकाण्डमा मुछिएका दुई पूर्व आईजी हेमबहादुर गुरुङ र ओमविक्रम राणाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । यसअघि नै उनीहरुलाई अदालतले सो काण्डमा दोषा्ी ठहर गर्दै जेल सजाय सुनाएको थियो ।

वैशाख १७ गते सर्वोच्चले सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको थियो
सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सो फैसला सुनाएको थियो । सर्वोच्चले राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा अर्का पूर्व आईजीपी रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो। जसमध्ये ठकुरी अझैं फरार छन् ।

यसैबीच एआईजी दीपक छ्याङदेन र डीआईजी दीपक श्रेष्ठले पनि अदालतमा आत्मसमर्पण गरेका छन् । एआईजी छ्याङदेनलाई ४० हजार जरिवाना एक वर्ष कैद र डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए अदालतले तोकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...