सरकारले तोकेको समयमा उम्मेदवारले खर्च विवरण बुझाउन सकेनन्
लमजुङ । खर्च विवरण बुझाउन निर्वाचन कार्यालयले दिएको समय सकिँदा पनि उम्मेदवारले खर्च विवरण बुझाउन नसकेका सकेका छैनन् ।
जिल्ला निर्वाचन कार्यालयकाअनुसार हालसम्म तिनजना उम्मेदवारले मात्र अपूरो चुनावी खर्च विवरण बुझाएका छन् । नेपाली काँग्रेसका दुई र स्वतन्त्रका एक गरी तिनजना उम्मेदवारले मात्र बिल भरपाई बिनाको चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
खर्च विवरण बुझाएका तीन उम्मेदवारले निर्वाचन कार्यालयले दिएको फारममा खर्च उल्लेख गरेको तर बिल भने उपलब्ध नगराएको बताए ।
चुनावी खर्च बुझाउनेहरुमा सुन्दरवजार नगरपालिका वडा नं. ८ का अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार गोपाल बहादुर कुँवर तथा काँग्रेसबाट दुधपोखरी गाउँपालिका वडा नम्वर ५ की महिला सदस्य पदका उम्मेदवारद्वय सुकमाया गुरुङ र निशा गुरुङ रहेकी छन् ।
जिल्लामा विभिन्न तहका ३९१ पदका लागि एकहजार भन्दा बढी उम्मेदवार रहेका थिए । निर्वाचन आयोगले तोकिदिएको अधिकतम रकम भन्दा बढी खर्च भएकाले उम्मेदवारलाई विवरण बुझाउन कठिनाई भएको बुझिएको छ ।
लमजुङमा पहिलो चरणअन्तर्गत वैसाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन सकिएको एकमहिनाभित्र चुनावी खर्च विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालयले सबैमा आग्रह गरेको थियो ।
बिल भरपाईसहित बनावटी विवरण बुझाउन झन्झटिलो भएकोले अधिकांश उम्मेदवारले खर्च विवरण बुझाउन ढिलो गरेको आशङ्का गरिएको छ ।
१३ सय भन्दा बढी भूकम्पपीडितको गुनासो त्यसैगरी लमजुडमा एक हजार ३०० भन्दा बढी भूकम्पपीडितले गुनासो दर्ता गरेका छन् । भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै एक हजार ३६० भूकम्पपीडितले जिल्ला समन्वय समितिमा निवेदन दिएका हुन् ।
निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता भइरहेका बेला आफ्नो नाम लाभग्राही सूचीमा नभेटेपछि पुनः मूल्याङ्कनको माग गर्दै निवदेन आएको जिल्ला समन्वय समितिले जनाएको छ ।
जिल्लाका आठ स्थानीय तहमध्ये राईनास नगरपालिकाबाट सबैभन्दा बढी ८०० सय गुनासो आएको छ । मध्यनेपाल नगरपालिकाबाट भने एउटा पनि गुनासो नआएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शिव रेग्मीले जानकारी दिए ।
भूकम्पबाट क्षति भएको दुई वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट जिल्लाका लाभग्राही सूचीमा परेकालाई मात्र अनुदान सम्झौता गरिएको छ । हालसम्म जिल्लामा चारहजार १९ भूकम्पपीडित परिवारसँग पहिलो चरणको अनुदान सम्झौता भइसकेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार जिल्लामा १३ हजार पाँचसय १९ भूकम्पपीडित छन् । तिमध्ये ३२ परिवारले दोस्रो किस्ता सम्झौता गरिसकेका छन् । अनुदान सम्झौता भइसकेकामध्ये ४३७ परिवारले रकम निकासा गरिसकेको कोलेनिका लमजुङले जनाएको छ ।
जिल्लाका एकसय ९७ भूकम्प पीडितलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अनुदान उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस