निर्वाचनमा भाग नलिने राजपाको निर्णय
काठमाडौं । राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गरेको छ ।
राजधानीमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो । ‘सरकारले हाम्रो सहमति बेगर एकतर्फीरुपमा २ नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेको छ । विगतमा मधेस केन्द्रित दलहरुले उठाउँदै आएका मागहरुमा राजपाको अडान यथावत रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस